फाइल।

दार्चुला–दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकि एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका ५ का ४० वर्षीया चुन्धरी धामीको यार्सागुम्बा संकलनको क्रममा मृत्यु भएको हो । यार्सागुम्बा संकलनको लागि अपिहिमाल गाउँपालिकाको सातगंगा वनमा गएको बेला उनको मृत्यु भएको जनाइएको छ ।

यार्सागुम्बा संकलनको लागि गत वैशाखमै पाटन पुगेका धामीको पेट दुख्ने समस्या थियो । दुई तीन दिनसम्म पेट दुख्ने निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छारा र दुई छोरी छन् ।

यसअघि अपिहिमाल गाउँपालिका ४ का एक पुरुषको पनि यार्सागूम्बा संकलनको क्रममा हिउँ पहिरोमा परि मृत्युभएको थियो ।

प्रतिक्रिया दिनुस