काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् ।

युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताएका हुन् । “उहाँहरू यति निर्लज्ज तरिकाले प्रस्तुत हुनुभयो । लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस्तो हुँदैन । छातीका टाँक खोलेर राष्ट्रपति कार्यालय, अदालतमा प्रस्तुत भए” उनले भने, “विधि, पद्धति, प्रक्रिया भन्ने यसरी विश्वासघाती, आत्मघाती तरिकाले प्रस्तुत भए । आफूलाई लोकतन्त्रवादी भन्ने अस्वस्थताका वैशाखी टेकेर हिँड्ने !”

“यस्ता अन्तर्घातीको वैशाखी टेकेर हिँडने रु त्यो कतिञ्जेल टिक्छ रु कारबाही भइहाल्छ, जनता समाजवादी पार्टीमा पनि त्यस्तै
छ,” उनले थपे ।

प्रतिक्रिया दिनुस