महेन्द्रनगर–कञ्चनपुरमा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्लाको भीमदत्त नगरपालिकाका १६ जना, बेलौरी नगरपालिकामा २१ जना, कृष्णपुर नगरपालिकामा १७ जना, बेदकोट नगरपालिकाका ४ जना, सुक्लाफाँटा नगरपालिकामा ५ जना, दोधाराचादनीमा ३ जना, पुर्नवासमा १ जना र लालझाँडीमा १ जनामा गरी ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो।

त्यस्तै सोमबार जिल्लामा ९९ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जनाले ज्यान गुमाएका छन्। बेलौरी नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुष, पुर्नवासन नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुष र कञ्चनपुरमा उपचारारत कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का ६८ वर्षीय पुरुषको सोमबार कोरोना बाट निधन भएको हो।

प्रतिक्रिया दिनुस