कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु भएको छ। जेठ १७ गते देखि  सेती प्रादेशिक अस्पतालमा उपचाररत म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमित जिल्लाको बर्दगोरिया– ६ तुलसीपुरका ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो।

शुक्रवार बिहान ७ बजे उक्त रोगको संक्रमणवाट उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् । कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको उनले बताए ।

प्रतिक्रिया दिनुस