महेन्द्रनगर–कञ्चनपुरमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका र लालझाँडी गाउँपालिकाका १९–१९ जना, बेलौरी नगरपालिकाका १५ जना, बेल्डाँडी गाउँपालिकाका १० जना, सुक्लाफाँटा नगरपालिकाका ८ जना, कृष्णपुर र दोधारा चादनी नगरपालिकाका १–१ जना र बेतकोट नगरपालिकाका र पुर्नवासका २–२ जना गरी ७७ जना रहेका छन्।

त्यस्तै बिहिबार जिल्लामा ७८ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। पछिल्लो २४ घण्टामा बेतकोट नगरपालिका वडा नम्बर ८ का ८५ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यस सँगै कञ्चनपुरमा ज्यान गुमाउनेको जम्मा संख्या १ सय ७३ पुगेको छ।

प्रतिक्रिया दिनुस