संघीय सरकारमा सुदूरपश्चिम मन्त्री बिहिन बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना मन्त्री बनाएपनि उनकै कार्यकालमा सुदूरपश्चिम प्रदेश अहिले मन्त्री विहीन भएको हो।
यसअघी प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २ जना सहित ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ती मध्ये उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशङ्कर चौधरी सर्वोच्चको फैसला पछि मन्त्री पद गुमेको थियो ।
बाँकी रहेको बन तथा वातावरण मन्त्री प्रेम आले र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना पनि मन्त्रीबाट हटेका छन् । बन मन्त्रीमा प्रधानमन्त्री ओलीले जसपाका उमाशङ्कर अरगरियालाई नियुक्त गरेका छन् । अहिले प्रधानमन्त्री ओलीले गृह र रक्षा सहित ७ मन्त्रालय आफैसँग राखेका छन् ।
प्रतिक्रिया दिनुस