२० जेठ, महेन्द्रनगर– कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका –१ बनशाहा स्थित रामजानकी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले आफ्ना ग्राहकलाई विद्युत महसुस छुट गरेको छ। कोरोना कहरका बिच आर्थीक समस्यामा परेका बेला ग्राहकलाई विद्युत महसुलमा ५ युनिट दिइएको संस्थाले जनाएको हो।
रामजानकी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष राम बहादुर महरा चिन्तकले सहकारीका सदस्यहरुलाई विद्युत महसुलमा ५ युनिट महसुल छुट गरीएको जानकारी दिए। उनले भने,–‘गत वर्षको लकडाउनमा पनि १० युनिट सम्म ग्राहकलाई छुट गरेका थियौ, यस वर्ष भने बन्दाबन्दीको सम्पुर्ण महसुलको ५ युनिट छुट दिने निर्णय गरेका छौ।’
साथै कोरोनाबाट पिडीत बनेका संक्रमीत परीवारलाई जेठ महिना भरको विद्युत महसुल मिनाहा गरीने निर्णय गरीएको उनले जानकारी दिए। महामारीको समयमा विद्युत महसुलमा मात्रै केही सहजता गर्न सकिएमा जिवनयापनमा सहजता हुने अपेक्षा गरीएको अध्यक्ष महराले बताए।
रामजानकी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडका ६ सय बढी ग्राहक रहेका छन्।