महेन्द्रनगर–कञ्चनपुरमा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकाका २३ जना, बेलौरी नगरपालिकाका २४ जना, कृष्णपुर नगपालिकाका ९ जना, बेदकोट र सुक्लाफाँटा नगपालिकाका ४–४ जना, दोधारा–चादनीका ३ जना, पुर्नवासनगरपािलका र बेल्डाँडी, लालझाँडी गाउँपालिकाका १–१ जना र गड्डाचौकी नाकामा गरीएको परीक्षणमा ६जना गरी थप ७६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा जिल्लामा १ सय २६ जना कोरोना मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। शुक्रबार सम्म जिल्लामा ६ सय ११ जना सक्रिय संक्रमीत रहेका उनले जानकारी दिइन्। जिल्लामा आज सम्म १ सय १२ जना आइसुलेन, ४ सय ९९ जना होम आइसुलेनमा रहेको उनले बताइन्।
त्यस्तै जिल्लामा आज सम्म ७ सय २ सय ३१ जनामा दोस्रो लहरको कोरोना पोजेटिभ देखीएको छ भने ६ हजार ४ सय ३३ जना संक्रमण मुक्त भएका छन्।
शुक्रबार जिल्लाका तिन जनाको मृत्यु भएको छ। भीमदत्तनगरपालिका वडा नम्बर १० का ६२ वर्षीय महिला र वडा नम्बर २ का ५० वर्षीय पुरुषको कोरोनाबाट मुत्यु भएको छ। त्यस्तै वडा नम्बर ३ का ५० वर्षीय पुरुषको कैलाली स्थित नोभा अस्पतालमा उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर भट्टले जानकारी दिइन्।