महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा बजार अनुगमन तिब्रताका साथ अगाडी बढाइएको छ। यस साता देखी नगरपालिकाले नगरका १९ वटै वडामा नियमीत बजार अनुगमन र स्वास्थ्य क्लिनिकहरुमाथी निगरानि बढाएको हो। चौथो दिन बिहिबार नगरपालिकाले वडा नम्बर ७, ८ र १० मा रहेका मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरेको जनाएको छ।

अनुगमन टोलीका संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले अनुगमनका क्रममा दुई वडा मेडिकलबाट १० हजार बराबरको म्याद नाघेका औधषी समेत बरामद गरिएको जानकारी दिए। वडा नम्बर ७ स्थित हर्क सिंह महराको क्लिनिक र चन्द्रकान्त क्लिनिक÷शर्मा मेडिकल स्टोरबाट ५÷५ हजार मुल्य बराबरको म्याद नाघेका औधषी बरामद गरिएको उनले बताए।

त्यस्तै वडा नम्बर १० को सिर्जना हेल्थ क्लिनिक, ऐरी क्लिनिक र वडा नम्बर ८ को राधिका हेल्थ क्लिनिकलाई कानुनसम्मत सञ्चालन गर्न निर्देशन दिईएको प्रशासकीय अधिकृत अधिकारीले जनाए। ती क्लिनिकलाई डिडिएको प्रमाण पत्र राख्न, नगरपालिकामा दर्ता तथा नविकरण गराउन, खरिद तथा बिक्रि बिल राख्न समेत निर्देशन नगरपािलकाले जनाएको छ। सोमबारबाट नगरपालिकाले खाद्यन्न तथा मेडिकल क्लीनिकबाट अनुगमन गर्दे आएको छ।

प्रतिक्रिया दिनुस