कैलाली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  संसद अधिवेशन बाट विश्वासको मत लिएका छन् । मंगलबार भएको मतदानमा भट्टले ३० मत प्राप्त गरेका छन् भने विपक्षमा ९ मत मात्रै पर्‍यो ।

 

मतदानमा १२ जना सांसद अनुपस्थित रहे । योसँगै भट्ट नै मुख्यमन्त्रीमा निरन्तर रहने निश्चित भएको छ। भट्ट २०७४ सालमा मुख्यमन्त्री नियुक्त भएका थिए। भट्टराई माओवादी केन्द्रका अतिरिक्त एमालेको एक पक्षले सघाएको  थियो। कांग्रेस भने तटस्थ  बसेको  थियो।

 

माधव पक्षले विश्वासको मत नदिएर अपुग हुने स्थितिमा मात्रै कांग्रेसले मत दिने निर्णय गरेकाले कांग्रेस तटस्थ बसेको हो। माधव पक्षबाट भट्टलाई १६ मत प्राप्त भएको छ।

 

प्रदेश सभामा एमालेका २५, माओवादीका १४, कांग्रेसका १३ ,जसपाका २ सांसद छन्। मंगलबारको मतदानमा ५१ सांसद उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुस