महेन्द्रनगर–कञ्चनपुरमा आइतबार र सोमबार राती कसैको ज्यान गएको छैन्। दोस्रो लहरको कोरोना महामारीको विगत २ महिना देखी प्रत्येक दिन संक्रमितको मृत्यु भईरहेको बेलामा सोमवार देखी मृतकको संख्या भने शुन्य भएको छ। आइतबार राती र सोमबार राती जिल्लामा कुनैपनि कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय कञ्चनपुरले बताएको हो। यस अघि प्रत्येक राती २–३ संक्रमीतको मृत्यु हुदै आएकोमा आइतबार राती देखी भने कोरोना संक्रमीतको निधन नभएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

उनले सोमबार र मंगलबार कोरोना संक्रमीत केही थपिएपनि निको हुनेको संख्या भने बढी रहेको जानकारी दिइन्। सोमबार ६८ जनाले कोरोना जित्दा ५६ जनामा संक्रमण पुष्टि भएको थियो। तर (आज) ४७ जनाले कोरोना जित्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। कोरोना जित्नेको संख्या भन्दा आज संक्रमितको संख्या बढी रहेको छ। यो सहित अहिले सम्म कोरोना संक्रमणलाई जित्नेको संख्या ६ हजार ६ सय ७४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्तमा ११ जना, र दोधाराचाँदनी ३ जना, शुक्लाफाँटामा ५ जना बेलौरीमा १२ जना, कृष्णपुर ४ जना, गडडाचौकीमा १ जना लालझाडीमा ५ जना र पुनर्वासमा १० जना रहेका छन्। यो, संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ८४ पुगेको छ भने, सक्रिय संक्रमितको संख्या ५ सय २० पुगेको छ । ऐन्टिजिनबाट परिक्षण गर्दा २ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा हाल सम्म कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुस