महेन्द्रनगर–कञ्चनपुरमा डाँका मुद्धाका प्रतिवादी ३८ वर्ष पछि पक्राउ परेका छन्। वि.स. २०४० सालमा हातहतियार देखाउदै रकम लुटपाट गरेर फरार बेलौरी नगरपालिका –२ का वर्ष ५५ का चन्द्रकान्त भनिने लाल बहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि सोमबार पक्राउ गरीएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लुहारलाई सोमबार घरबाटै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। तर प्रहरीले के–कति रकम लुटिएको थियो भन्ने खुलाएको छैन्।

थापाका अनुसार लुहारले २०४० साल १० पुसमा बेलौरी नगरपालिकामा रहेको लारी डिस्टिलरीबाट अन्तःशुल्क वापतको सरकारी रकम पुनर्वास नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा साविक लक्ष्मीपुर र त्रिभुवन बस्ती गाविसको बीचमा पर्ने जंगलमा बन्दुक, बन्चरो लगायतका हतियार देखाएर लुटपाट गरेका थिए ।

घटना भएकै दिनदेखि फरार भएका लुहारलाई जिल्ला अदालत कञ्चनपुरले २०४२ साल वैशाख २५ गते फैसला सुनाउँदै ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुस