महेन्द्रनगर– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इकाई कमिटीले विद्यार्थीहरुको शैक्षीक शुल्क मिनाहा र कोरोना खोप उलब्ध गराउन माग गरेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे लकडाउन अवधिको शुल्क पूर्ण मिनाहा र विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराइनुपर्ने माग अघि सारेको हो।

क्रान्तिकारी सुदुरपश्चिम विश्विद्यालय इकाई कमिटिका अध्यक्ष गणेश राज मिश्रद्धारा हस्ताक्षरीत विज्ञप्तीमा विद्यार्थीको समस्या मध्यनजर गर्दै शुल्क मिनाह, अनलाई कक्षा र परीक्षा संचालनका साथै समस्यामा परेका विद्यार्थीलाई राहत दिन विश्वविद्यालय सँग माग गरीएको छ। क्रान्तिकारीले विद्यार्थीको हितका लागि अघि सारेको मुद्दामा विश्वविद्यालय गम्भिर नभए आन्दोलनको चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुस