कैलालीमा एक युवकले धारीलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको प्रहरीले जनाएको छ। लम्की चुहा नगरपालिका २ मोतीपुरमा ३६ बर्षिय विशाल बुढाथोकीको आक्रमणबाट उनकै साथी सोम बहादुर बस्नेतको मृत्यु भएको हो।

 

लामो समय देखि सँगै बस्दै आइरहेका उनिहरु मजदुर रहेको प्रहरीले जनाएको छ। २३ गते राति आफ्नै कोठामा मदिरा सेवन गरेर विवाद हुँदा बुढाथोकीले बस्नेतलाई घर बनाउँन प्रयोग हुने धारिलो फलाको कर्निले हिर्काएको कैलालीका प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए। ‘दुबै जना मदिरा खाएका थिए । त्यहि बेला धारिलो कर्निले हान्दा हत्या भएको देखिएको छ’ उनले भने ‘समयमा उपचार नहुँदा धेरै रगत बगेर मृत्यु भएको हो ।’सोमबार बिहान बस्नेतको मृत्यु भएको बुढाथोकीले थाहा पाएका थिए ।

त्यसपछि उनी फरार भए । प्रहरीले पनि घटना बारे सोमबार मात्रै थाहा पाएको थियो । प्रहरीले घटनाबारे थाहा पाउँदा सम्म बस्नेतको मृत्यु भइसकेको प्रहरी उपरीक्षक बिष्टले बताए । घटना पछि फरार रहेका बस्नेतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले वीरेन्द्र सामुदायीक बनमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए । घटनास्थलबाट कर्नी समेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस