सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। उनले मन्त्री सोडारीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए। सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन्। मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुस