महेन्द्रनगर–कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – ४ सुन्दरपुरका भुवन साहु र बेलौरी नगरपालिका वडा नम्बर ९ का गोपाल ठगुन्नालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो।

सुन्दरपुरको बाह्र्रसिंगा होटल एण्ड लजका सञ्चालक साहुलाई होटलबाटै खैरो हेरोईन १ दशमलव ४२ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए। साहुले होटलमा लागुऔषधको कारोबार गर्दै आएका सूचनापछि प्रहरीले खानतलासी गरेको हो।

लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी मातहतबाट खटिएको प्रहरी समूहले बुधबार नै बेलौरी नगरपालिकाको वडा नम्बर ९ रतनपुर खजुवामा पैदल हिड्दै गरेका १९ वर्षीय ठगुन्नालाई १२ ग्राम २० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको हो। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस