कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईका ३० वर्षीय हरिकृष्ण राना रहेका छन्।

पचुईस्थित पैदल हिन्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथमा १३ दशमलव ०३ ग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीले बताए।

लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस