सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थीक वर्षका लागी ल्याएको निति तथा कार्यक्रम पारित गरेको छ। आइतबार सुदूरपश्चिम प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गरेका थिए। गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसले पनि पछिल्लो समय प्रदेश सभामा सरकारलाई मौन समर्थन गर्दै आएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुस