फाइल।

महेन्द्रनगर–कञ्चनपुरमा सोमबार कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै सोमवार विहान १० बजेदेखि साँझ ४ बजेसम्म प्रत्येक स्थानीय तहमा एक खोप केन्द्र स्थापना गरि खोप लगाइने जनाएको हो।

कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले अघिल्लो चरणमा खोप लगाउन छुटेका ६२ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक, जिल्लाका विभिन्न तहमा कार्यरत जनप्रतिनिधि, सेवाग्राहीको चाप बढी हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान र बैंकका कर्मचारी, महामारी व्यवस्थापनमा संलग्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि तथा कर्मचारी, पत्रकार, यातायात र मजदुरलाई खोप लगाइने जनाएको छ।

प्रतिक्रिया दिनुस