कञ्चनपुरमा बुधबार थप ४५ जना कोरोना मुक्त भएका छन्। जिल्लामा हालसम्म ७ हजार १ सय २५ जनाले कोरोना जितेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कोरोना पुष्टि हुनेमा भीमदत्त, कृष्णपुर र बेतकोट नगरपालिकाका २–२ जना, सुक्लाफाँटा , दोधारा चादनी नगरपालिका, पुर्नवास नगरपालिकाका १–१ जना र गड्डाचौकीमा गरीएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना बाट कसैको ज्यान नगएको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

जिल्लामा दोस्रो चरणको कोरोना भाइरस बाट भने एक सय ८४ जनाको मृत्यु भएको कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

प्रतिक्रिया दिनुस