कैलालीको टीकापुर नगरपालिकाका पुर्व कार्यकारी अधिकृत निरञ्जन कुमार रिमालको निधन भएको छ। ६६ वर्षीय रिमालको बिहीबार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। धनगढीका रिमाल २०५४ साल बैशाखदेखि फागुसम्म र २०६७ माघदेखि २०६८ साउनसम्म टीकापुर नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।

सेवाबाट अवकाशपछि रिमाल गोदावरी नगरपालिकाको पदपूर्ति समितिको अध्यक्ष, राष्ट्रिय निर्वाचन पर्यक्षक समिति ९नियोक०, ज्येष्ठ नागरिक मिलन केन्द्र धनगढी लगायतका संस्थामा क्रियाशील थिए। उनको आमा, श्रीमती, एक छोरा एक छोरी छन्।

प्रतिक्रिया दिनुस