प्रहरीले कञ्चनपुरबाट झण्डै २६ लाखको केराउ बरामद गरेको छ। बिहीबार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको टोलीले २५ लाख ९० हजार मूल्यको केराउ ट्रयाक्टरसहित बरामद गरेको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार जिल्लाको बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा नजिकबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सु.प.प्र.०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्रयाक्टरमा ल्याइएका ६६० कट्टा केरा, ट्रयाक्टर र ट्रालिसहित बेवारिसे अवस्थामा फेला परेका थिए। बरामद केराउ ट्रयाक्टर र ट्रालिसहित आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुस