फाइल।

महेन्द्रनगर–कञ्चनपुरमा शुक्रबार एक कोरोना संक्रमितले ज्यान गुमाएका छन्। मंगलबार सम्म दोस्रो चरणको कोरोना बाट जिल्लामा १ सय ८४ जनाले ज्यान गुमाएका थिए। शुक्रबार सुक्लाफाँटा नगरपालिका –५ का ७२ वर्षीय एक महिला गरी जिल्लामा हालसम्म १ सय ८५ जनाको कोरोना बाट निधन भएको स्वास्थ्य कार्यालयले जनाएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार शुक्रबार कोरोना संक्रणम पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ९ जना, कृष्णपुर नगरपालिकाका ४ जना, सुक्लाफाँटा र पुर्नवासका २–२ जना र दोधारा चादनी नगरपालिकाका १ जना गरी १८ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७४ जना कोरोना मुक्त भएका कम्प्युटर अपरेटर भट्टले जनाइन्।

प्रतिक्रिया दिनुस