गैर जिम्मेबारपन भएका यस्ता जनप्रतिनिधीलाई पदमा बसीरहने बाञ्चित नहुने ठहर

कञ्चनपुरको कृष्णपुरका मेयर हमालको मदिराकाण्ड बारे नेपाली काँग्रेसले चासो दिएको छ । काँग्रेस कृष्णपुर नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै मेयरको मदिरा ताण्डपमा चासो दिएको जनाएको छ । काँग्रेस नगर समितिले जारी गरेको विज्ञप्तीमा नगर प्रमुख हमाललै कैलालीको गोदाबरी गएर होटलमा गरेको वितण्डाको घटनाप्रति भत्सर्ना जनाएको छ ।

 

नगरको अभिभावक भएर पनि शक्ति र स्रोतको दोहन गरि घटनाले कृष्णपुर नगरका जनताको शिर झुकाएको उल्लेख गर्दै घुमाउरो भाषामा कम्यूनिष्ट नेता समेत रहेका मेयर हमालले शक्ति र रकम आर्जन अर्थात भ्रष्टाचार गर्दा कुनहदसम्म गएको दावि गरेको छ । गैर जिम्मेबारीपन गर्ने यस्ता नगरप्रमुखलाई पदमा बरिसहन नैतिकताले बाञ्चित नहुने काँग्रेसको ठहर छ ।

 

काँग्रेस कृष्णपुरका नगर सभापति भक्त बहादुर खत्रीले हस्ताक्षर गरेको विज्ञप्तीमा विज्ञप्तीमा नैतिकताका आधारमा राजिनामा माग अघि माग गरेका छन । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नभए काँग्रेसले आन्दोलनको चेतावनी दिएको छ । काँग्रेस कृष्णपुरले मेयर हमालप्रति भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएको सरकारी सवारी साधन दुरुपयोग गर्दै जनताको जनस्वास्थ्य एव विकास निर्माणमा गुणस्तहिन काम गरेको आरोप लगाउँदै आएको छ ।

 

काँग्रेसले संघीय सरकारको नेतृत्व सम्हालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कट्टर कार्यकर्ता समेत रहेका मेयर हमालले गोदाबरी नगरपालिका २को गोदाबरी बजारमा एक होटलमा मदिरा खान देउ भनेर होटल संचालनमाथि नै धम्की दिएपछि घटना बाहिर आएको जनाएको छ । लकडाउका कारण सबै होटल क्षेत्र बन्द भएपनि जनप्रतिनिधी जस्तो व्यक्तिले राती मदिरा चाहियो भन्दै गौरब होटका संचालक विष्णूदेव गिरीलाई धम्काएको रहस्य बाहिर खुलेसंगै काँग्रेसले सो विषयमा मेयरसंग स्पष्टीकरण माग गरेको छ ।

 

होटल साहु गिरीकी छोरी कृतिमा गिरीले मेयरले आफ्ना बाबुमाथि गरेको दुव्र्यवहार समाजिक सञ्जालमा पोष्ट गरेसंगै मेयरको सर्बत्र आलोचना भईरहेको छ । मेयरले हमालले आफु नगएको दावि गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस