महेन्द्रनगर– कैलालीको अत्तरीया स्थित गेटा मेडिकल कलेज भवनमा सञ्चालनमा आएको कोभिड –१९केयर सेन्टर खाली भएको छ। गत जेठ ९ गतेदेखि सञ्चालनमा आएको उक्त कोभिड केयर सेन्टरमा बिरामी आउन छोडेपछि बिहीबारदेखि कोभिड केयर सेन्टर खाली भएको त्यहाँ कार्यरत स्वाथ्यकर्मी बिष्णु जोशीले जानकारी दिए।

तर सेवा सञ्चालन कार्य भने जारी रहेको उनको भनाइ छ। जोशीका अनुसार सो कोभिड केयर सेन्टरमा हालसम्म २९ जनाले सेवा लिएका छन्। २४ जनालाई भर्ना गरिएर उपचार सेवा दिइएको छ। त्यस्तै, १ जनाको मृत्यु भएको छ भने ४ जनालाई अन्यत्र रेफर गरिएको थियो। हाल सो कोभिड केयर सेन्टरमा बिरामी नभएपछि तयारी अवस्थामा राखिएको छ। कोरोना महामारीको तेस्रो लहरसम्म सेवा जारी राख्ने बताइएको छ।

प्रतिक्रिया दिनुस