महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कोभिड–१९ अस्थायी अस्पताल ‘कुण्डा’ लाई थप व्यवस्थीत बनाइने प्रतिवद्धता जनाएका छन्। शनिबार कञ्चनपुर बेलौरी नगरपालिका–९ स्थित कोभिड अस्पतालको अनुगमनमा पुगेका मन्त्री खड्काले अस्पतालको थप व्यवस्थापनका निम्ती सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले सुदूरपश्चिमका सबै स्थानीय तहका अस्पतालमध्ये कुण्डामा राम्रो व्यवस्थापन गरिएको भन्दै प्रशंसा समेत गरे। प्रदेश सांसद कुलवीर चौधरी र सामाजिक विकास मन्त्रालयका सचिव राघुराम विष्ट सहित कुण्डा पुगेका उनले अस्पताल व्यवस्थित बनाउन सहयोग गर्ने जनाए। ‘अहिले हामीले सबै कोभिड अस्पतालको अनुगमन गरीयो तर यस्तो सबै हिसाबले उचित व्यवस्थापनका साथ सञ्चालन भएको छ’ उनले भने,‘कोभिड महामारी नियन्त्रणका लागि अझै सक्रिय रुपमा लाग्नु पर्ने छ ।’

प्रदेश सांसद चौधरीले अस्पताल सञ्चालन व्यवस्थापनका लागि आगामी दिनमा आवश्यक पर्ने सहयोग गर्ने बताए । बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले कोभिड अस्पताल व्यवस्थापन सम्बन्धी मन्त्री खड्कालाई जानकारी गराए ।

प्रतिक्रिया दिनुस