महेन्द्रनगर । महाकाली नदीको बाढीले चार लेन पुलसम्मको सडक भत्किएपछि आवागमन बन्द गरिएको छ । महाकाली नदी बाढी आएपछि सडकको केही भत्किएको छ । भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए।

गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ । पक्की सडक भत्किएपछि बाढी वस्तीमा आउने त्रास बढेको छ । महाकाली नदीमा दिउँसोसम्म एक लाख ७७ हजार क्यूसेक पानीको वहाव पुगेको छ । पहाडी क्षेत्रमा बर्षा नरोकिएको जल स्तर बढ्न सक्ने अनुमान गरिएको छ । महाकाली नदी गाउँमा पसेपछि ऐरीघाटका १० घर डुवानमा परेको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए ।

‘निरन्तर वर्षा भइरहेकोले महाकाली नदीमा पानीको वहाव बढेको छ। निर्माणाधीन चार लेनको पक्की पुलका लागि बनाएको जालीले गर्दा महाकालीको पानी भुजेला खोलातर्फ आएको छ,’ उनले भने, ‘त्यसले गर्दा ऐरीघाटका १० डुवानमा परेका छन् ।’ घमहाकाली नदीको पानी भुजेला खोलातर्फ मोड्ने जाली अहिले हटाएकाले भुजेला खोलामा महाकाली नदीको पानी आउन रोकिएको उनले जानकारी दिए। ‘डुबान क्षेत्रका मानिसको उद्धारका लागि उद्धार टोली परिचालन भएको छ। अहिले महाकाली नदीको पानी भुजेला खोलातर्फ आउन रोकिएकाले डराउनु पर्ने अवस्था छैन्,’ उनले भने।

प्रतिक्रिया दिनुस