कृष्ण नेपाली

डिभिजन सडक कार्यालयले मनसुनी बर्षा पछि सडक छेउछाउमा रहेका टहरा हटाउने भएको छ । कञ्चनपुर डिभिजन सडक कार्यालयले सडक छेउछाउमा सडक अतिक्रमणगरी बसेका टहराहरु हटाउने भएको हो । पूर्वपश्चिम राजमार्गको गड्डाचौकीदेखि चिसापानीसम्म र महाकाली राजमार्गको अत्तरिया देखि फल्टुडेसम्म टहराहरु हटाउने भएको छ ।
दिनानुदिन सडक छेउछाउमा सार्वजनिक सम्पत्ती सडकको अतिक्रमण गरेकाले दुर्घटना बढेको कञ्चनपुर डिभिजन सडक कार्यालयका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । उनले सडक छेउमा बस्दा सडकको नाली पुरिएको सडको संरचना बिग्रेको पानीको निकास नभएकाले बस्ती डुबानमा पर्नुका साथै दुर्घटना समेत हुने गरेको बताए । सडकमा पशु छाडाचौपायाले गर्दा पनि दुर्घटना बढेको हुँदा स्थानीय तह एवं नागरिकहरुलाई छाडा चौपाया व्यवस्थापनका लागि आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस