कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आब ०७८/७९ का लागि ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट नगर सभामा प्रस्ताव गरिएको छ । नगर उप प्रमुख तुलसी देवी हमाले नगरपालिकाको नवौं नगर सभामा अनुमानित बजेट प्रस्तुत गरेकी हुन । मंगलबार भएको शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभामा अनुमानित प्रस्तुत गरिएको बजेटमा नयाँ कार्यक्रम ल्याउन सकेको छैन नगर सभाबाट पूरानै कार्यक्रमलाई निरन्तरता दिएर बजेट प्रस्तुत गरिएको छ ।

नवौं नगर सभामा अनुमानित प्रस्तुत बजेटमा आयतर्फ वित्तिय समानिकरण अनुदान १४ करोड ९७ लाख, राजस्व बाँडफाँड अन्तशुल्क मूल्य अभिवृद्धि कर १० करोड ४२ लाख ३० हजार, प्रदेश समानीकरण अनुदान एक करोड आठ लाख ७८ हजार, प्रदेश सरकारबाट प्राप्त राजस्व वाँडफाँड ४५ लाख ८४ हजार, क्षेत्रीय शहरी विकास कार्यक्रम एक करोड ९१ लाख, सामाजिक सुरक्षा अनुदान रु १४ करोड, संघ सरकारबाट प्राप्त शसर्त अनुदान २२ करोड रहेको बताईन ।

यसैगरी, समपुरक अनुदान९संघीय सरकार० रु ४२ लाख, विशेष अनुदा प्रदेश सरकार रु ५४ लाख, गरिवसंग विश्वर कार्यक्रम पाँच लाख ४६ हजार, प्रदेश सरकार शसर्त अनुदान एक करोड २२ लाख २७ हजार, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान रु ५४ लाख, सडक वोर्ड रु ७२ लाख आन्तरिक आय रु दुई करोड १७ लाख ३८ हजार र संघीय कोष मौज्दात रु १० लाख गरी जम्मा रु ७१ करोड ४८ लाख तीन हजार आम्दानी हुने अनुमान गरिएको छ ।

खर्च तर्फ नगरपालिकाको चालु र पूजिँगत खर्च जम्मा रु ७१ करोड ४८ लाख तीन हजार व्यय हुने अनुमान गरिएको छ । आन्तरिक आय श्रोतलाई सुधारात्मक बनाउन करका दायराहरु फराकिलो गरी करका दरहरु संसोधन गरिएको नगर उप प्रमुख हमालले बताईन ।

उनका अनुसार आगामी बर्षका लागि सशर्त अनुदान तर्फ कुल २२ करोड प्रस्ताव गरिएको छ । चालु आबको जेठ महिना सम्मको संसोधित बजेट अनुसार ५४ करोड ४६ लाख ९५ हजार चार सय २९ मध्ये जेठ मसान्तको चालु खर्च रु ३१ करोड ४० लाख ८६ हजार सात सय रहेको छ ।

सोही अबधिको पूजिँगत खर्च रु दुई करोड ६४ लाख ५६ हजार रहेको छ । जम्मा खर्च रु ३४ करोड पाँच लाख २५ हजार एक सय ६६ र बाँकी रकम रु २० करोड ८१ लाख ७० हजार रहेको छ । बाँकी रकम मध्ये असार मसान्त सम्म चालु खर्च रु सात करोड ५० लाख १७ हजार दुई सय ६३ र पूजिँगत खर्च रु १३ करोड ३१ लाख ५३ हजार गरी जम्मा खर्च रु २० करोड ८१ लाख ७० हजार हुने अनुमान गरिएको छ ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख दिल बहादुर ऐरले कृषि तथा पशुपालन, पर्यटन संस्कृति,सहकारी, वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, खेलकूद, सामाजिक सुरक्षा, स्थानिय अदालत र सामुदायिक मेलमिलाप, जग्गा विकास नीति, रोजगारी, स्थानिय कर, सडक, सिचाई लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिईएको बताए ।

भवन तथा सहरी विकास, सञ्चार,वैकल्पीक उर्जा,साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापन, जलवायू परिवर्तन, जलउत्पन्न प्रकोप नियन्त्रण, वारुण यन्त्र सञ्चालन, जलाधार र बन्यजन्तु संरक्षण,मानव संसाधन विकास, संस्थागत विकासलाई समेत उत्तिकै प्राथमिकतामा राखिएको छ ।

यसैगरी, सुचना तथा प्रविधि, नगरीय सुशासन, तथ्याङ्क संकलन र वित्तिय व्यवस्थापन सुशासनलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरमा सञ्चालन भैरहेका योजनाहरुलाई बजेटमा निरन्तरता दिईएको छ । आर्थिक , सामाजिक, पूर्वाधार विकास, शैक्षिक सुधार, महिला, दलित, जनजाती, अपांग, बालकालीका, जेष्ठ नागरिक, धर्म संस्कृति पर्यटन प्रर्वद्धनलाई समेत बजेटमा समावेश गरिएको छ ।

नगर सभामा निर्णयार्थ प्रस्तुत गरिएको बजेट असार २२ गते छलफल पछि पारित गरिने नगर प्रमुख ऐरले जानकारी दिए । नगर सभामा प्रस्तुत गरिएका बाल संरक्षण नीति २०७७ र आब ०७८÷७९ को सेवा र कार्यहरुका लागि स्थानिय सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्व सम्मतिले पारित भएका छन ।

प्रतिक्रिया दिनुस