महेन्द्रनगर–कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण बाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार भीमदत्तनगरपालिका वडा नम्मबर ५ का ७६ वर्षीय महिलाको कोरोना बाट निधन भएको हो।
यस सँगै जिल्लामा दोस्रो चरणको कोरोना बाट ज्यान गुमाउनेको संख्या १ सय ८६ पुगेको कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकाका ४ र सुक्लाफाँटा नगरपालिकाका २ गरी ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। पछिल्लो २४ घण्टामा ३६ जना कोरोना मुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुस