कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान ९रौतेली स्वास्थ्य चौकी०, थर्मलगन १ थान, पल्स अक्सिमिटर १ थान, मास्क १ हजार थान, ग्लोब्स १ सय थान, फेस सिल्ड २० थान, गाउन ५० थान, एन्टीजिन कीट ५० थान, भिटिएम कीट ५० थान, फ्लो मिटर ३ थान र नसल पाइप १ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो।

त्यसक्रममा, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले कञ्चनपुर क्षेत्र नम्बर १ का नागरिकहरूले कोभिड महामारीको समयमा खेप्नु परेको दुःखमा मल्हम लगाउन विभागसँग अत्यावश्यक स्वास्थ्य सामग्री माग गरिएको बताए।
प्राप्त सामग्रीहरू कञ्चनपुर क्षेत्र नम्बर १ का विभिन्न स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको र थप सामग्रीका लागि पुनः विभागमा माग गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुस