कञ्चनपुर असार १० । अखिल क्रान्तिकारीले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी बिध्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गर्दै अविलम्ब फिर्ताकोमाग गरेको हो ।
अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार आयल निगम संग पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउनु पर्ने माग गरेको छ । मूल्यवृद्धि भएकोपेट्रोलियम पदार्थको मुल्य अविलम्ब फिर्ता नगरे सशक्त संघर्षमा उत्रन बाध्य हुने भन्दै चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुस