कञ्चनपुर, असार १०, कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ८३ करोड ९२ लाख बढि बजेट ल्याएको छ ।

बिहीबार ९औँ नगर सभामा उप प्रमुख शुशिला सिहले बजेट तथा प्रमुख अशोक कुमार चन्दले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभाले प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख सिहले प्रस्तुत गरेको बजेट पारित गरेको हो ।

बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले आगामी आर्थिक बर्षमा कोरोना महामारी जित्नका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखिएको बताए । मेयर चन्दले यसका साथै नगरको सम्बृद्धिका लागि स्वास्थ्यका साथै शिक्षा, पूर्वाधार, उद्यम, रोजगार, पर्यटन लगायतको एकिकृत विकासका योजना ल्याएको बताए । नगर सभाले मुख्य प्राथमिकता शिक्षा , स्वास्थ र पुर्वाधारमा दिइएको छ। नगर अस्पताल निर्माण , कोल्ड स्टोर निर्माण , कालोपत्र सडक निर्माण , पर्यटन पुर्वाधार , सिचाइ बोरिङ्ग, नदि तटबन्द, बेदकोट र सुडा रेडक्रस भवन निर्माण , मेस वायरका योजना ल्याएको छ । यसका साथै प्रारम्भिक बाल शिक्षकहरुलाई बेदकोट नगरपालिकाले मासिक ७ हजार दिने र उपयुक्त बिद्यार्थी संख्या अनिवार्य तोकेको छ ।

संघ सरकारले बाल विकासका शिक्षकलाई केन्द्रबाट मासिक ८ हजार र पालिकाले ७ हजार थप्ने निर्णयलाई बेदकोट नगरपालिकाले अंगिकार गरेको छ । नगर प्रमुख चन्दले प्रस्तुत गरेका केही थप योजना यस प्रकार छन ।
बेदकोट नगर सभाले बेदकोट वडा न ४, वडा न ७ र वडा न १० का नागरिकको माग र आवश्यकता अनुसार भूगोल नमिलेको, जन संख्या र भुगोल ठुलो भएका ३ वटा वडाहरुको सिमाना हेरफेर गर्दै सिमान्कन गर्न सुदुरपशिम प्रदेश र संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
योग हल भवन,बस पार्क, अन्त्येष्टि गृह निर्माण, फोहोर व्यवस्थापन केन्द्र निर्माण,बस पार्क, झोलुङ्गे पुल निर्माण , बिधालय भवन, अक्सिजन प्लाण्ट निर्माण , खेलकुदका संरचना निर्माण , बिधुती करण लगायत नगर बहुबर्षिय आयोजनामा बजेट बिनियोजन गरेको छ। साथै
बेदकोट नगर सभाले दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र बिपन्न गरिब जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति दिएर डाक्टर , पाइलट, ईन्जिनियर , कृषि बिज्ञान , सब ईन्जिनियर , सर्बेछक, स्टाप नर्स , व्त्ब्, ब्ल्ः, ज्ब्, लगायत प्राबिधिक क्षेत्रमा पढाएर दक्ष जन शक्ति तयार गर्ने रु ५५ लाख बजेट छुट्टाएको छ।
कोभिडले रोजगारी गुमाएकालाई कृषि र पशुपालनमा उधमी बनाउने कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ। यहाँ उधमी गर्न नचाहने भारतमा रोजगारीका लागि जानै पर्ने भए तथ्यांक संकलन गरेर बिमा गर्न बजेट छुट्टाएको छ।
कोभिड अस्पताल संचालन गरि स्वास्थ्य सेवा दिन २ जना डाक्टर र स्वास्थ्यकर्मी व्यवस्थापन गर्न र खोप व्यवस्थापन गर्न साथै अक्सिजन प्लाण्ट निर्माण गर्न बजेट बिनियोजन गरिएको छ।
वडामा स्वास्थकर्मी थप व्यवस्थापन गर्ने तलब सुबिधा असमान रहेको हुँदा समान पदको समान गर्ने निर्णय गरेको छ।
सामुदायिक बिधालयका निजि स्रोतका शिक्षकहरुको क्त्च् आधारमा बिधालयलाई अनुदानको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
३ सामुदायिक बिधालयका कर्मचारीको तलबमा नगरपालिकाले १०५००, ७५०० र ३५०० दरले मासिक थप दिने निर्णय गरेको छ।
३ लामो समय देखि कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई अवकास लिदा एकमुष्ट २ लाख दिने निर्णय गरेको छ।
३ बेदकोट नगरपालिकाको कर्मचारीको सेवा सुबिधा बारे निर्णय गर्ने अधिकार नगर कार्यपालिका लाई दिएको छ।

प्रतिक्रिया दिनुस