महेन्द्रनगर–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट आर्थीक सहयोग मागेको पाइएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै सिडिओ महतोको ‘फेक’ आइडि बनाएर फोटो समेत राखी विभिन्न व्यक्तिहरुसँग म्यासेज मार्फत पैसा मागेको पाइएको हो। उनको नयाँ आईडि खोल्दै सहयोग गर्न भनिएको छ।
सीडीओले आफुले प्रयोग गर्दै आएको फेसबुक खाताको प्रोफाइल र कभर फोटोको प्रयोग गर्दै नयाँ खाता खोलिएको बताए। तर उक्त खाता अहिले बन्द गरिएको उनले जनाए। तर यस विषयमा भने कुनै अनुशन्धान नगरीदा पटक–पटक व्यक्तिहरुमाथी लाल्छना समेत लाग्ने गरेको छ। तर कञ्चनपुरमा भने सिडिओ कै आईडि बनाएर पैसा मागिदा समेत कुनै कार्वाही अगाडी बढाइएको छैन्। तर अनुशन्धान भने गरिने प्रमुख जिल्ला अधिकारी महतोले बताए।
प्रतिक्रिया दिनुस