फाइल।

महेन्द्रनगर–शनिबार पनी काम गर्न आएका भन्दै कञ्चनपुरका एक मेयरले कर्मचारीलाई लखेटेका छन्। सुदूरपश्चिम कृषि विकास निर्देशनालयको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्तर्गत किसानसँग सम्झौता गर्न गएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंह लगायतको टोलीलाई कृष्णपुरका मेयर कर्णबहादुर हमालले शनिवार कार्यालय किन आएको भन्दै अपशब्द प्रयोग गर्दै कार्यालयबाट लखेटेको आरोप लागेको हो।

‘कृषि निर्देशनालय अन्तर्गतको मेसिनरी औजार वितरण कार्यक्रम अन्तर्गत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो’, सिंहले भने, ‘कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर गाली गर्दै बाहिर पठाए।’ मेयर हमालले शनिबार काम गर्न नपाउने भन्दै आफूहरुलाई लखेटेको प्राविधिक सहायक सिंहले गुनासो पोखे। नगरपालिकालाई कार्यक्रमका बारेमा दश दिन पहिले नै जानकारी दिइसकेको र नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए। मेयर हमालले कार्यालयबाट बाहिर लखेटेपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको उनले जानकारी दिए। यस बिषयमा मेयर हमाललाई सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिएनन्।

प्रतिक्रिया दिनुस