महेन्द्रनगर–कञ्चनपुरका नाका भएर एकै दिनहजार बढी नेपाली रोजगारीका लागी भारत गएका छन्। जिल्लाका दुई वटा नाका त्रिनगर र गड्डाचौकी भएर शुक्रबार १ हजार १ सय ४५ नागरीक कामको शिलसिलामा भारत गएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको दैनिक तथ्यांक अनुसार शुक्रबार ति दुई नाका भएर ११ सय ४५ नागरीक भारत गएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले पछिल्लो समय रोजगारीका भारत जानेको संख्या बढेको बताए। शुक्रबार त्रिनगर नाका भएर ७ सय ५५ जना र गड्डाचौकी नाका भएर ३ सय ९० जना भारत पसेको उनले जनाए।

त्यस्तै शुक्रबार नै ४ सय ६४ जना स्वदेश भित्रिएका छन्। प्रहरीका अनुसार त्रिनगरनाका भएर २ सय ९० जना र गड्डाचौकी नाका भएर १ सय ७४ जना स्वदेश भित्रिएका हुन्। स्वदेश भित्रिएकाको नाकामा आवश्यक परे एन्टीजोन परीक्षण भइरहेको उनले बताए। तर नेपालमा कोरोनाको दोस्रो लहर चलिरहेको र भारतमा डेल्टा भेरियन्ट देखा परीरहदा रोजगारीका लागी भारत पस्नेको संख्यामा बृद्धी हुनुले जोखीम निम्त्याउने चिन्ता बढेको छ। सरकारले स्वदेशमै रोजगारी सृजना गर्न नसक्दा नेपालीहरु विषम परिस्थीतीमा समेत छाक टार्न मुस्कील भएपछि भारत जानथालेका बताउँछन्।

प्रतिक्रिया दिनुस