कैलाली-कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ। पुलको पूर्वतर्फको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन्। उनका अनुसार नदीले पूर्वतर्फको भाग काट्न थालेको छ। उनले पुलमा आवागमन बन्द गरिएको बताए। नदी कटान रोक्नका लागि प्रयास भैरहेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएका छन्।

यो पुल हुलाकी राजमार्गअन्र्तगत निर्माण भएको हो। पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो।यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो। विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए।

पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो।

प्रतिक्रिया दिनुस