दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्ता बढाएको छ। गाउँपालिकाले आगामी वर्षबाट एकल पुरुषलाई एक हजार रुपैयाँ भत्ता दिने भएको हो। यसअघि पाँच सय रुपैयाँ भत्ता दिइँदै आएको थियो।

विगतदेखि नै सञ्चालित सो कार्यक्रम प्रभावकारी भएको बताउँदै भत्ता रकम थप गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुस