कञ्चनपुरका विद्यार्थी एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खाद्यान्न समाग्री वितरण गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सचिव किशोर भट्टले आफ्नो जन्मदिवसको अवसरमा विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खाद्यान्न समाग्री वितरण गरेका हुन । आईतबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई कापी कमलका साथै खाद्यान्न वितरण गरेका हुन ।

कोरोना महामारीसं्रगै खाद्यान्न समेत समस्या भएका विद्यार्थीलाई दामल, दाल, नुन , तेल वितरण गरेका छन । उनले जन्मदिनका अवसरमा केही समाजिक कार्य गर्न खोजेको बताए । ‘यो सानो प्रयास मात्रै हो, ‘क्रान्तिकारी नेता भट्टले भने, ‘जन्मदिनमा फजुल खर्च भन्दा विपन्न विद्यार्थीसंग हातेमालो गरेको हुँ ।’ विगतका बर्षहरुमा पनि क्रान्तिकारी नेता भट्टले जन्मदिनको अवसर पारेर अनाथ बालबालिका, बृद्धआश्रममा सहयोग गरेका थिए ।

भावि दिनमा समेत समाजिक कार्य गर्न उनले बताएका छन । विद्यार्थी नेता भट्टले आफ्नो जन्मदिनका अवसरमा विपन्न समुदायका विद्यार्थीको पिरमर्का बुझेर खाद्यान्नका साथै स्टेशनरी दिएको भन्दै विद्यार्थी हर्षित भएका छन । खाद्यान्न एव स्टेशनरी पाएका भृकुटी माविका छात्रा रोशन नेपालीले विद्यार्थी नेताले आफुहरुको पीडा बुझिदिएको बताए । बैजनाथ माविका विद्यार्थी सोनी दमाईले विद्यार्थी नेता भट्टले महामारीका बेला आफुहरुको पीडा बुझिदिएको बताए । खाद्यान्न तथा स्टेनशरी वितरण गर्द क्रान्तिकारी विद्यार्थी नेता भट्टले राम्रोसग अध्ययन गर्न सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुस