भूमिहिन दलित, अव्यवस्थित बसोबासी सुकुमबासी नागरिक जनतालाई जमिनको मालिक अर्थात लालपुर्जा उपलब्ध गराउनका लागि कञ्चनपुरको बेलडाँडीमा ऐलानी जमिन नापजाँच शुरु भएको छ । भूमि आयोग र बेलडाँडी गाँउपालिकाले बेलडाँडीमा सोमबारदेखि ऐलानी जमिन नापजाँच शुरु गरेको हो । बेलडाँडी गाँउपालिका लेखा समिति संयोजक शँकरदत्त भट्टले यस अघि भूमिहिन दलित, अव्यवस्थित बसोबासी र सुकुमबासी नागरिकको फारम संकलन गरेका नागरिकको जमिन नापजाँच शुरु भएको बताए ।

जनप्रतिनिधी भट्टका अनुसार भूमि आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहरा र बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन । भूमि आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले जसरी भएपनि भूमिहिन दलित, अव्यवस्थित बसोबासी सुकुमबासी नागरिक जनतालाई जमिनको मालिक बनाउने बताउनुभयो । बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले गाँउपालिकाको प्रमुख समस्यामा जमिन भएकाले नाँपजाँच कार्यबाट जनता लालपुर्जाधनी बन्ने बताए ।

‘मैले चुनावका बेला बोलेको एजेण्डा पनि जमिन भएका तर, लालपुर्जा बिहिन जनतालाई जमिनको मालिक बनाउने थियो, ‘उनले भने, ‘त्यही स्प्रीट अनुरुप काम अघि बढाउँछु ।’ गाँउपालिकामा नाँपजाँच कार्य शुरुभएसंगै स्थानीय समेत हर्षित भएका छन । गाँउका जनता जमिनका लागि बन्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुस