काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा एमं.फील र पी.एचं.डी.को शुल्क वैज्ञानिक नभएको भन्दैअखिल क्रानितकारीले विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)ले केही दिनदेखि त्रिभुवन विश्वविद्यालयमा एमं.फील र पी.एचं.डी.को शुल्क वैज्ञानिक नभएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्घर्ष समितिको आयोजनामा विद्यार्थीहरुले प्रदर्शनसहित सङ्घर्ष गरिरहेकोमा हाम्रो पूर्ण ऐक्यबद्धता रहेको गजुरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

त्रिभुवन विश्वविद्यालय सङ्घर्ष समितिले आयोजना गरेका हरेक सङ्घर्षका कार्यक्रमप्रति अखिल९क्रान्तिकारी०को ऐक्यबद्धता जाहेर गर्दै अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गरेका छन्।

यस्तो छ,प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउनुका साथै शिक्षालाई जनवादी र वैज्ञानिक बनाउनका निम्ति निरन्तर सङ्घर्षरत रहेको सर्वविद्वितै छ ।

अहिले दिनप्रतिदिन शिक्षा र स्वास्थ्य आमसर्वसाधारणको पहुँचभन्दा बाहिर गई निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण हाबी हुन पुगेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्र दलाल र माफियाहरुको कब्जामा केन्द्रीकरण हुन पुगेको छ भने तिनै दलाल र माफियाहरुलाई संरक्षण गर्नका निम्ति नेपाल सरकारका प्रधानमन्त्री के।पी। शर्मा ओली स्वयम्ले नेतृत्वदायी भूमिका निर्वाह गर्ने काम गरिरहेका छन् ।

कोभिड–१९ को दोस्रो लहरबाट सिङ्गो मुलुक आक्रान्त बनिरहेको अवस्थामा नेपाली जनता रोग र भोकबाट ग्रसित छन् भने सरकार आफ्नै सत्तास्वार्थमै लिप्त छ ।

प्रतिपक्ष संसदीय राजनीतिक दलहरुसमेत आफ्नै स्वार्थमा तल्लीन देखिन्छन् । आमजनतालाई पूर्णरुपमा निःशुल्क एवम् सर्वसुलभ कोरोनाविरुद्धको खोप उपलब्ध हुन सकेको छैन ।

त्यसकारण सम्पूर्ण जनतालाई अविलम्ब खोप उपलब्ध गराउनका लागि अपिल गर्दै रोग र भोकबाट ग्रसित जनतालाई गाँस, बासलगायत सम्पूर्ण व्यवस्थापनको निम्तिसमेत हार्दिक अनुरोध गर्दछौं ।

एक सातादेखि त्रिभुवन विश्वविद्यालयमा एम।फील र पी।एच।डी।को शुल्क वैज्ञानिक नभएको भन्दै ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्घर्ष समिति’को आयोजनामा विद्यार्थीहरुले प्रदर्शनसहित सङ्घर्षका कार्यक्रमहरु गरिरहेका छन् ।

तर, नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकाय उक्त समस्या समाधानका निम्ति गम्भीर एवम् जिम्मेवार देखिँदैनन् ।

आमजनताको पहुँचमा शिक्षालाई पु¥याउने परिस्थिति निर्माण गर्नुको सट्टा शिक्षालाई पूर्णरुपमा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण गर्ने र हुने–खानेबाहेक सर्वसाधारण जनताका छोराछोरीहरुलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित गराउने खेल भइरहेको छ ।

त्यसैले त्रिभुवन विश्वविद्यालय सङ्घर्ष समितिले आयोजना गरेको सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै पूर्ण समर्थन र साथ दिँदै आन्दोलनलाई निर्णायक तहमा पु¥याउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

त्रिवि विद्यार्थी सङ्घर्ष समितिका मागहरु पूरा गराउनका निम्ति नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायलाई गम्भीर हुनका लागि हार्दिक अपिल गर्दछौं ।

अन्यथा, उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकाय नै हुनुपर्ने चेतावनीसमेत दिन चाहन्छौं ।

प्रतिक्रिया दिनुस