कैलाली, धनगढी अबैधानिक रुपमा सञ्चालनमा रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला लगाएको छ । केहि महिना अगाडि देखि सञ्चालनमा आएको मिश्र पोलिक्लिनक औषधि विभागमा दर्ता नगरी अवैध तरिकाले सञ्चालन गरेको पाइएकोले ताला लगाएको हो ।

औषधि विभाग व्यवस्था कार्यालय नेपालगन्जको टोलीले गरेको चेकजाँचमा उक्त पोलिक्लिनिक फार्मेसीमा पनि दर्ता नभएको भेटिएको हो । दर्ता नभएको गुणस्तर हीन औषधि राखेको सम्बन्धित कार्यमा दक्ष कर्मचारी नराखेको पाईएकोले ताला लगाउनु परेको औषधि विभागले जनाएको छ।

प्रतिक्रिया दिनुस