कञ्चनपुर, नेकपा विप्लव बेलडाँडी गाँउ कमिटिले राधाकृष्ण जनप्रिय विद्यालयमा भएको भ्रष्टाचार छानबिन गर्न माग अघि सारेको छ । नेकपा विप्लव गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयमा कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिनको माग अघि सारेको हो ।

विप्लव बेलडाँडीका इन्चार्ज कमल पण्डित(सम्राट) र सचिव बिमलाद्वारा संयुक्त रुपमा हस्तक्षरित गरिएको विज्ञप्तीमा भ्रष्टाचारलाई संरक्षण गरेको पाईए आन्दोलनको चेतावनी दिईएको छ । गाँउपालिकाले भने विद्यालयमा कम्प्युटर खरिदबारे भएको अनियमिता विषयमा छानबिन भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस