विकास सिह महता
कञ्चनपुर, असार २१ । कञ्चनपुरमा गएराति मदिरा सेवन गरी दुइ युवक बिच एक आपसमा कुटाकुट हुदाँ एक जनाको मृत्यु भएको छ।भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका ३२ बर्षिया गणेश बोहराको कुटपिट हुदाँ मृत्यु भएको हो ।

स्थानीयका अनुसार बोहरा र प्रकास पाल विच गयराती कुटपिट भएको थियो ।कुटपिटबाट घाईते भएका बोहराको उपचारका लागि महाकाली अस्पतालमा मृत्यु भएको हो । सोमबार बोहरालाई उपचारका लागि बिहान अस्पताल ल्याउने क्रममा अस्पालले मृत्य घोषणा गरेसंगै पीडित परिवार स्थानीयले बोहराको हत्या भएको बताएका छन ।

भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले मदिरा सेवन गरेर एक आपसमा कुटपिट भएको बताए । ‘हिजो प्रकास पालकै पसलमा मदिरा सेवन गरेका रहेछन, ‘वडाध्यक्ष नाथले भने, ‘मदिरा सेवनकै विषयमा विवाद भएर झगडा भएको रहेछ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले रातीको समयमा झगडा हुँदा घाईते भएका बोहरालाई उपचारका लागि अस्पताल पु¥याउँदा मृत्यु भएको बताए ।

उनका अनुसार घटनाबारे सोधपुछका लागि प्रकास पाललाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ । ‘प्रारम्भिक रुपमा मदिराका कारण एक आपसमा विवाद भएको देखिन्छ, ‘उनले भने, ‘घटना बारे थप बुझिरहेका छौँ ।’ तर मृतक परिवार आफन्तहरुले बोहराको हत्या भएकाले पाल सहित थप घटनामा संलग्नलाई कार्बाहीको माग अघि सारेका छन । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ ।

लकडाउन खुकुलोसंगै कञ्चनपुरमा मदिराका पसल, होटल खुलेसंगै एक आपसमा झै झगडा वाद विवाद कुटपिट जस्ता घटनाले मानिसको ज्यान लिएको छ । स्थानीय प्रशासनले साँझ ६ – बजेसम्म मात्रै पसल खुला राखेपनि मदिराका पसल रातभरी खुलेर होहल्ला, हुलहुज्जल मदिराको तालमा अमाजिक व्यवहार भईरहेका छन ।

प्रतिक्रिया दिनुस