कञ्चनपुर असार २४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै अखिल क्रान्तिकारीले कञ्चनपुरमा  बिरोध प्रदर्शन गरेको छ । मुलुक कोरोना भाइरसले आक्रान्त बनेको बेला पटक पटक  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै नेकपा विप्लव निकट रहेका जनवर्गीय संगठन र निकट रहेको अखिल क्रान्तिकारीले कञ्चनपुरको महेन्द्रनगरमा बिरोध प्रदर्शन गरेको हो ।

अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ साथै हत्या हिँसा कालोबजारी बड्दो महंगी नियन्त्रण रोक्न पनि माग गरेको छ। बिरोध प्रदर्शन कार्यक्रममा नेकपा विप्लव पार्टी का नेता कार्यकर्ता निकट रहेका जनवर्गीय संगठनका नेता लगायत अखिल क्रान्तिकारी नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै काठमाण्डौमा पनि नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी नेकपा विप्लव निकट अखिल क्रान्तिकारी लगायतका बिध्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन ।

प्रतिक्रिया दिनुस