कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वाल विकास शिक्षकाहरूले तालाबन्दी गरेका छन ।वाल विकास शिक्षकहरुको तलव वृद्धि गर्नुपर्ने माग गर्दै वाल विकासका शिक्षिकाहरु र कर्मचारीहरुले नगर प्रमुख दिल बहादुर ऐरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

वाल विकास संघर्ष समितिका सल्लाहकार समिति संयोजक तथा पुर्व संघर्ष समिति अध्यक्ष डम्मरी बोहराले विगत २० वर्ष अघिदेखि ५ सय,८ सय हुँदै अहिले ६ हजारमा आफुहरुले काम गरिरहनु परेको बताउँदै वाल विकास शिक्षकहरुको मागप्रती नगरपालिकाले चासो नदिएको जानकारी दिइन् । सरकारले तोकेको न्युनतम पारिश्रमिक १५ हजार उपलव्ध गराउन भन्दै १४ गते नगरपालिकालाई र १८ गते नगरका १२ ओटै वडा कार्यालयमा माग सुनुवाइका लागि ज्ञापनपत्र बुझाइएको भएपनि माग सम्वोधनतर्फ वेखवर रहेकोले अन्तिम अस्त्रका रुपमा तालाबन्दी गर्नुपरेको बोहराले बताइन् ।

 

यस्तै सल्लाहकार समिति संयोजक बोहराले भनिन्, “वाल विकासलाई नगरले घृणित रुपमा हेरेको छ । वाल विकास लक्षित कुनै पनि प्रकारका सभा,गोष्ठि लगायतका केही पनि कार्यक्रमहरु गरेको छैन”। “सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को वजेट घोषणा अनुसार केन्द्र सरकारले ८ हजार र स्थानिय तहले ७ हजार गरी न्यूनतम १५ हजार रकम सुनिश्चित गर्नुपर्नेमा शुक्लाफाँटा नगरपालिकाले वजेट विनियोजन अपुर्ण रुपमा गर्ने जानकारी प्राप्त भएकाले हामी ज्यादै दु:खित छौं,नेपाल वाल विकास शिक्षक शुक्लाफाँटा समिति संयोजक शुसिला वि.सी.तथा नेपाल विद्यालय कर्मचारी परिषद् सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष टिकेश्वरी ऐरद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ,हाम्रा मागहरु पुरा नहुञ्जेलसम्म तालाबन्दी नखुल्ने जानकारी गराइन्छ” । शुक्लाफाँटा नगरपालिकामा ६५ वटा वाल विकास शिक्षक कार्यरत छन् ।

No description available.

नगरसभा चलिरहेको वेलामा आफुहरुलाई कुनै जानकारी विना नै नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष कमलराज गिरीले बताए । बाल विकास शिक्षका हरुले लगाएको ताला नगर प्रमुख दिल बहादुर ऐर ले तत्काल प्रहरीलाई परिचालन गरेर लगाएको ताला तोडेको छ ।

 

प्रतिक्रिया दिनुस