कञ्चनपुर असार २८कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको झलारी पिपलाडी उद्योग वाणीज्य संघले आज (सोमवार) पत्रकार सम्मेलन गरी उद्योगी,व्यापारीहरुका मागहरुप्रती शुक्लाफाँटा नगरपालिका जिम्मेवार नभएको भन्दै विभिन्न १२ बुँदे मागहरु सार्वजनिक गरेको छ ।
संघले नगर क्षेत्रभित्र रहेका उद्योगी,व्यापारीहरुका समस्या,मुद्धाहरु उठाउँदै आएको भएपनि नगरपालिका ती उद्योगी,व्यापारीहरुका समस्या,मुद्धाहरुप्रती जिम्मेवार नभएको झलारी पिपलाडी उद्योग वाणीज्य संघका अध्यक्ष हरेन्द्र भण्डारीले जानकारी दिए । कर करले होइन रहरले तिरौं,करको दर होइन दायरा बढाऔं,करको चुहावट रोकौ,कर तिर्न सवैलाई अभिप्रेरित गरौं भन्ने नाराका साथ संघले आफ्ना १२ बुँदे मागहरु कार्यान्वयनका लागि नगरमा आज ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष हरेन्द्र भण्डारीले बताए । ।
झलारी पिपलाडी उद्योग वाणीज्य संघका यस्ता छन माग
१.कार्यालय सहितको सभाहल निर्माणका लागि खुलामञ्च पछाडी स्थान तोकी आवश्यक वजेट विनियोजन गर्ने ।
२.नगर क्षेत्रभरिका उद्योगी व्यवसायीहरुलाई करको दायरामा ल्याउन अभिमुखिकरण गोष्ठि सञ्चालन र घुम्ति शिविर सञ्चालन गर्न आवश्यक वजेट विनियोजन गर्ने ।
३.नगरक्षेत्र भित्र रहेका उठाउनु पर्ने व्यवसायिक कर,घर वहाल कर र पटके कर उठाउने जिम्मा दिनुपर्ने र सो बाफत उठको रकम मध्ये ५० प्रतिशत रकम झलारी पिपलाडी उद्योग वाणिज्य संघलाई प्रदान गर्ने ।
४.नगर क्षेत्रभरिका पर्यटकीय स्थलहरुको संरक्षण सम्वद्र्धन र प्रचार प्रसारका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
५.बजार क्षेत्रमा सौर्य वत्ति र CCTV क्यामरा जडानका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
६.बनसमिति बजारमा सार्वजनिक शौचालय र प्रहरी विट निर्माणका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
७.नगर क्षेत्रभित्र रहेका बजारहरुमा फोहोर संकलनका लागि डष्टबिनको व्यवस्था गर्नका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
८.झलारी बजारमा रहेको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गर्नका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
९.व्यवसायिहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सिपमुलक तालिम तथा कर शिक्षा सञ्चालन गर्नका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
१०.कोभिड-१९ का कारणले व्यवसायिहरु आर्थिक संकटमा परेका हुँदा उक्त अवधिको कर छुटको व्यवस्था गर्नुपर्ने ।
११.बजार क्षेत्रभित्र बसपार्क र अटोपार्क निर्माणका लागि आवश्यक वजेट विनियोजन गर्ने ।
१२.नगर क्षेत्रभित्रकै कृषि,उद्योग,पर्यटन झल्किने खालको धार्मिक तथा औद्योगिक व्यापार मेला सञ्चालन गर्नका लागि आवश्यक वजेट विनियोजन