सुदूरपश्चिम प्रदेशमा आईतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय ६० एन्टीजेन परिक्षणमा ४ जना र २९ नमूनाको पीसीआर बिधिबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय २८ पुगेको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा थप ४१ जनाले कोरोना जितेका छन। यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३५ हजार ३ सय ४९ पुगेको छ। निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीका ७१ बर्षीय पुरुष रहेका छन । यो संगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७५ पुगेको छ।

प्रतिक्रिया दिनुस