गणेश एसके,कञ्चनपुर ,जातिय भेदभाव तथा विभेदको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ ।

विगत लामो समयदेखि विभेद रहेको जात व्यवस्था विकृति विसंगतिको अन्त्य हुनुपर्ने भन्दै महेन्द्रनगरमा विरुद्ध प्रदर्शन गरेको हो ।  आइतबार अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले जातिय विभेदको अन्त्यको माग गर्दै बिरोध प्रदर्शन गरेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष  ललित एसके जानकारी दिनुभयो।

अखिल (क्रान्तिकारी ) का सेती महाकाली ब्यरो संयोजक वीरेन्द्र शाहले  कार्यक्रममा बोल्दै जातिय विभेदको पक्षपोषण गर्नेमा राज्य नै लागि परेको र आजको यो आधुनिक युगमा पनि यस्तो अमानविय घृणित कार्य गर्ने लाई कारबाही गर्न यो राज्य व्यवस्थाका परिचालक नै गैरजिम्मेवार रहेको जिकिर गरेका छन्।

वर्षौं देखि नै जगडिएको जात ब्यबस्था शिक्षित भनिने व्यक्ति , राजनीतिज्ञ र विभिन्न कथित उप्पलाे जातिका व्यक्तिहरूनै कायम गर्नु खोजेको हुँद यसलाई नियन्त्रण गर्न राज्य व्यवस्था नै फेर्नु पर्ने बताएका छन ।

संविधानका पानाहरूमा मात्रै हक अधिकार को व्याख्या गरेर मात्रै हुँदैन ती व्यवस्थालाई सशक्त कार्यान्यन गर्नु पर्ने बताउँदै अब समाजमा यसको विरुद्धमा नयाँ साँस्कृतिक क्रान्ति को आबस्यकता रहेको बताएका छन ।

यस्ता सबै वर्गीय उत्पीडन को अन्त्यमा वैज्ञानिक समाजवाद मा हुने छ र हाम्रो पार्टीले भनेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापन गरेर सबै किसिमका उत्पीडन, विभेद अन्त्य हुने बताएका छन ।
उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसके लगायत जिल्लाका विध्यार्थी नेता कार्यकर्ताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुस