बिकास सिंह महता,
कञ्चनपुर ,सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले क्षेत्रीय प्रहरी अस्पताल दिपायल लाई स्वास्थ्य सामग्री दिएको छ।विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले विश्व नै त्रसित बनेको विषम परिस्थितिमा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र मन्त्रालयका सचिव रघुराम बिष्ट द्धारा क्षेत्रीय प्रहरी अस्पताल दिपायलका लागि वितरण गरिएको स्वास्थ्य सामग्री सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि पुरुषोत्तम कंडेल लाई हस्तान्तरण गरिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव भुवन बडुवाल बताउनु भयो।

उनका अनुसार अस्पतालबाट आवश्यक सामग्री माग भए अनुसारको अटोकिलिभ ,गाउन सेट,मास्क लगायतको स्वास्थ्य सामग्री सहयोग गरिएको हो।

प्रतिक्रिया दिनुस